काठमाडौं । काठमाडौंको गोठाटारमा गोली चलेको छ । नेपाल प्रहरीले २ जनालाई नियन्त्रणमा लिन गोली चलाएको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली प्रहार गरी एक भारतीय र एक नेपालीलाई नियन्त्रणमा लिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्र सिंह राठोरले लोकपथलाई जानकारी दिए । ।
भारतको पश्चिम बंगाल घर भएका मोहम्मद करिमलाई गोली हानेर नियन्त्रणमा लिइएको र उनको साथबाट एकथान पेस्तोल बरामद गरेको छ । साथै, उनीहरूको साथबाट २ सय ग्राम ब्राउन सुगर र एउटा पेस्तोल बरामद गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया