आगामी माघ १०, ११ र १२ गते राष्ट्रिय सभा निर्वाचन गराउने आयोगको तयारी

लोकपथ
28
Shares

काठमाडौं । निर्वाचन आयोग नेपालले राष्ट्रिय सभाको चुनाव आागामी माघमा गर्ने तयारी गरेको छ । आयोगले आगामी माघ १०, ११ र १२ मा निर्वाचन गर्नेगरी तयारी अगाडी बढाएको हो ।

आज बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले सो जानकारी दिएका हुन् ।

थपलियाका अनुसार राष्ट्रिय सभामा आगामी फागुन २० गते रिक्त हुने १९ पदका लागि सो मितिमा निर्वाचन गर्ने गरी तयारी अघि बढाएको हो ।

राष्ट्रिय सभा सदस्यहरुको पद रिक्त हुने एक महिना अघि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था अनुसार आयोगले तयारी थालेको हो । त्यस्तै निर्वाचनको मितिबारे परामर्श भइरहेको समेत थपलियाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?