घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
476
Shares

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य लगातार तेस्रो दिन पनि ओरालो लागेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार छापावाल सुन तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख १५ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १४ हजार ४५० रुपैयाँ कायम रहेको छ ।

हिजो प्रतितोला छापावाल सुन १ लाख १६ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?