IHNO जापानले नेपाली विद्यार्थीलाई २ वर्षसम्म मासिक ३० हजार छात्रवृत्ति दिने

लोकपथ
819
Shares

दिवश ढकाल । जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) नागोया समिति र गिफू केनमा लामो समयदेखि बसोबास गर्दै आएका नेपाली र संघसंस्थाहरूको बिशेष पहलमा IHNO  (International Human Resource Network Organization Foundation)  ले नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

गिफू केनमा अन्तर्राष्ट्रिय विद्यार्थीको रुपमा अध्ययन गर्दै आइरहेका नेपाली विद्यार्थीहरुलाई मासिक ३ मान (नेपाली रुपैयाँ ३० हजार बराबर) को दरले २ वर्ष सम्म छात्रवृत्ति प्रदान गर्ने विषयमा गिफु सी र क्ष्ज्ल्इ बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

IHNO का अध्यक्ष्य कोमियामा सेनसेई ,गिफु सहरका मेयर सिबाहाकी, कमल बस्तोला, एनआरएनए नागोया समिति र गिफु बासी नेपाली बीचको छलफलले गिफु सी बस्दै आइरहेका १० जना नेपाली बिध्यार्थीहरुलाई क्ष्ज्ल्इ ले छुट्टै छात्रवृत्ति प्रदान गर्ने निर्णय भएको क्ष्ज्ल्इ ले जानकारी दिएको छ ।

गिफू सिटीमा यस किसिमको छात्रवृत्तिको कार्यक्रम पहिलो पटक सञ्चालन भएको हो ।

No description available.

यसरी जापानको स्थानीय सरकारद्वारा नेपाली विद्यार्थीले यति ठूलो रकम लामो समयसम्म छात्रवृत्तिको रुपमा प्राप्त गर्नको लागि गिफू केनमा लामो समयदेखि बसोबास गर्दै आएका नेपालीहरुले महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

यसले जापानको गिफु सिटीमा नेपाल, नेपाली समाज र जापानीज समाजसँगको सहकार्य तथा भावनात्मक सम्बन्ध समेत जोड्न प्रयास भएको गिफु केनमा लामो समयदेखि बसोबास गर्दै आएका समाजसेवी सरोज धमालाले बताए ।

यसले दुई देशबीचको सम्बन्ध अझै बलियो भएको झल्को समेत दिएको छ ।

IHNO ले तोकिएको समय र तोकिएको नियम अनुसार आवेदन दिन सम्पूर्ण गिफु सी बासी नेपाली विद्यार्थीलाई अनुरोध गर्दै सूचना प्रकाशन गरेको छ ।

गुगोल फारम https://forms.gle/yYnR1fL1UPEkdgoY9 मार्फत नोभेम्बर १ बाट २५ तारिखसम्म आवेदन दिन सकिने छ।

छात्रवृत्तिमा सहभागी हुन गिफु सिटिमा बसोबास भएको , गिफु सिटिको विद्यालयमा पढ्दै गरेको, गिफु सिटिमामा पार्ट टाइम काम गरेको हुनुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?