काठमाडौं । राष्ट्रपतिबाट आममाफी पाएका योगराज ढकाल रिगलको मुद्दामा बाँकी बहस भोलि हुने भएको छ ।
आज सर्वोच्चका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुँडालको संयुक्त इजलासमा रिगलविरुद्धको मुद्दामा बहस भएको थियो । आज सरकारी पक्षबाट महान्यायाधीवक्तासहित सहन्यायाधीवक्ताद्वय विश्वराज कोइराला र सन्जीवराज रेग्मीले समेत बहस गरेका थिए ।
बाँकी बहस भोलि हुने पीडित पक्षका कानुन व्यवसायीहरुले बहस गर्ने अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले लोकपथलाई जानकारी दिए । त्यस्तै आज वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र अधिवक्ता देवराज कटुवालले समेत उक्त मुद्दामा बहस गरेका थिए ।
‘आज सरकारी पक्षबाट महान्यायाधीवक्तासहित २ सहन्यायाधीवक्ताले बहस गर्नुभएको छ ।’ उनले भने, ‘बाँकी बहस भोलि हुनेछ’
२०७२ सालमा नेपालगञ्जका रिगलले नेपालगञ्जकै चेतन मानन्धरको हत्या गरेका थिए । हत्या अभियोग पुष्टि भइ सजाय काटिरहेका रिगललाई संविधान दिवसका अवसरमा आममाफी दिएका थिए । त्यसको विरुद्ध चेतन पत्नी भारती मानन्धरले रिट दायर गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया