काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेसले संसदको संयुक्त सदनलाई सम्बोधन गरेका छन् ।
मंगलबार अपरान्ह बसेको संयुक्त सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) लाई सम्बोधन गर्दै दुई शक्ति राष्ट्रको बिचमा रहेर पनि आफ्नो सार्वभौमिकता र स्वाधिनताको रक्षामा गरेको पहलप्रति प्रसंशा व्यक्त गरे ।
‘दुई ठूला शक्तिका बीचमा रहेर आफ्नो सार्वभौमसत्ता र स्वाधीनताको रक्षाका लागि आफ्नो मार्ग तपाईँहरू आफैले बनाउनुभएको छ ।’ उनले भने ।
त्यसैगरी बितेको २० वर्षमा नेपालले तय गरेको यात्रा हेर्न लायक रहेको समेत बताए । साथै दिगो विकासका लक्ष्यहरु शीघ्र अगालेको र प्रगती गर्दै गएको बताए ।
‘विगत बीस वर्षको तपाईहरूंको यात्रा हेर्नलायकको छ, अद्भुत छ ।’ उनले भने, ‘तपाईँहरूले दिगो विकास लक्ष्यहरू शीघ्र अँगाल्नु भयो र तीमध्ये धेरैमा प्रगति गर्दै हुनुहुन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया