मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा

लोकपथ
525
Shares

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत समूह ‘ए’को दोस्रो खेलमा नेपाल विजयी भएको छ ।मङ्गलवार भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपाल जारी विश्वकप छनोटको सेमिफाइनलमा पुगेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १६६ रनको लक्ष्य प्रसतुत गरेको थियो । मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभर खेल्दै ४ विकेटको क्षेतीमा पूरा गर्यो ।

नेपालका लागि कुशल मल्ल र कुशल भुर्तेलले आक्रामक ब्याटिङ गरे । मल्लले ३४ बलमा ७ छक्का र २ चौकासहित ६५ रन जोडे । ओपनर भुर्तेलले २५ बलमा ४ छक्का र ४ चौकासहित ४३ रन बनाए ।

पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो । नेपालले समूहको अन्तिम खेलमा ओमानसँग खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?