काठमाडौं । आफ्ना पति चेतन मानन्धरको हत्या अभियोग लागेका योगराज ढकाल रिगलको आममाफीविरुद्ध परेको रिटको सुनुवाइ जारी रहँदा भारती मानन्धर सर्वोच्च अदालत पुगेकी छिन् ।
अहिले सर्वोच्चका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुँडालको पूर्ण इजलासमा उक्त मुद्दाको सुनुवाई जारी रहेको छ । यसअघि असोज २५ गते प्रधानन्यायाधीश विश्वम्बरप्रसाद श्रेष्ठको इजलासमा परेको मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको थियो ।
२०७२ सालमा नेपालगञ्जका योगराज ढकाल रिगलले नेपालगञ्जकै चेतन मानन्धरलाई खुँडा प्रहार गरि हत्या गरेका थिए ।
सर्वस्वसहित जेलजीवन भोगिरहेका रिगललाई संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि त्यसको विरुद्ध भारती सर्वोच्च पुगेकी थिइन् । त्यसो त उनलाई पुनः जेलमा राख्नुपर्ने मागसहित रिट दायर गर्दै भारतीले अनसन समेत सुरु गरेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया