दुर्घटनामा दुईजनाको मृत्यु

मलेखु, धादिङ, १० कात्तिक जुंगेखोलाबाट काठमाडौँतर्फ जाँदै गरेको टिपरले मोटरसाइकललाई आज ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ बा२ख ७१८२ नं को टिपरले काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको बा८२प ७७९७ नं को मोटरसाइकललाई धुनीबेँसी नगरपालिका– ९ खानीखोलामा ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए मृत्यु हुनेमा काठमाडाँै बबरमहल निवासी २२ वर्षीय रामेश्वर सिलवाल र त्रिपुरेश्वर निवासी २३ वर्षीय सलिन तुलाधर रहेका छन् । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?