आगलागीमा परी महिलाको मृत्यु

लोकपथ
133
Shares

विराटनगर । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ हर्कपुरमा जलेर एक महिलाको मृत्यु भएको छ ।

भान्सा कोठाको चुल्होमा डिजेल प्रयोग गरी आगो बाल्ने क्रममा सोमबार साँझ आगलागी हुँदा ३३ वर्षीया कमला गौतमको घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी हर्कपुरबाट खटिएको टोलीले स्थानीयको सहयोगमा आगो निभाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?