काठमाडौं । इजरायलमा हमासले गरेको हमलामा परी मृत्यु भएका मध्ये थप दुई नेपालीको शव पहिचान भएको छ ।
दक्षिणी इजरायलमा ७ अक्टोबरमा भएको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उनीहरुमध्ये मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार र सपही –६ धनुषाका अनन्द साहको शव पहिचान हुन सकेको थिएन ।
दुबैको शव पहिचान भएको तेल अबिबस्थित नेपाली दूताबासले जनाएको छ ।
सोमबार साँझ दूताबासले एक वक्तव्य जारी गर्दै आवश्यक प्रक्रिया पुरा गरी पहिचान भएका सबै शव यथाशीघ्र स्वदेश पठाउने व्यवस्था मिलाउने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया