नेपाल एनसीडी एलायन्सले नसर्ने रोग विरुद्धको अभियानलाई थप गतिशील बनाउने

लोकपथ
35
Shares

काठमाडौं । नेपाल एनसीडी एलायन्सले नसर्ने रोगविरुद्धको आफ्नो अभियानलाई थप गतिशील बनाउने भएको छ ।

सोमबार राजधानीमा भएको एलायन्सको दोस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष डा. प्रकाशराज रेग्मीले नसर्ने रोग विरुद्धको अभियानलाई थप गति दिने बताएका हुन् ।

‘नसर्ने रोगको अवस्था बढ्दो क्रममा छ । हाम्रो अस्वस्थ खानपान, बदलिदो जीवनशैली तथा वातावरणीय पक्षका कारण नसर्ने रोग झाङ्गिदै छ । यसलाई नियन्त्रण गर्नका लागि सरकार, गैरसकारी संस्था तथा नागरिक समाज, पत्रकार लगायत सबैको सामुहिक एकता आवश्यक छ । हामीले यो एलायन्समा यस्ता कार्यमा क्रियाशिल विभिन्न गैर सरकारी संस्था तथा व्यक्तिहरुलाई गोलवद्ध गरेका छौँ । अबको हाम्रो योजना नसर्ने रोग विरुद्धको अभियानलाई तिब्रता दिनु हो ।’ डा रेग्मीले भने ।

एलायन्सका सहअध्यक्ष शान्तलाल मुल्मीले रोग लाग्न नदिनका लागि, रोगबारे जनचेतना जगाउनका लागि नीतिगत तथा सचेतनाका कार्यक्रमलाई अघि बढाउनुका साथै स्क्रिनिङ, अनुसन्धान र उपचार लगातका गतिविधिलाई पनि अबका दिनमा समेटने बताए । उनले विभिन्न संस्थासंग सहकार्य गरी नसर्ने रोग विरुद्धको अभियानलाई अघि बढाउने बताए ।

त्यसअघि साधारणसभामा महासचिव किशोरकुमार प्रधानांङ्गले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष उत्तमा श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभाले दुबै प्रतिवेदन पास गरेको छ ।

नेपाल एनसीडी एलायन्स नसर्ने रोग विरुद्धको अभियानमा क्रियाशिल व्यक्ति तथा संस्थाहरुको अग्रसरतामा सन् २०१३ मै स्थापना भएको थियो । त्यसबेला लुज फोरम रुपमा रहेर काम गर्दै आएको एलायन्सले गत वर्ष देखि मात्रै औपचारिक संस्थाको रुपमा आफूलाई उभ्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?