अन्नपूर्ण आधार शिविरमा गुटरेस (फोटोफिचर)

लोकपथ
52
Shares

काठमाडौं । चार दिने नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस आज बिहान अन्नपूर्ण आधार शिविर पुगेका छन् ।

उनलाई मंगलबार स्थानीयले भव्य स्वागत गरेका छन् ।

आफ्नो भ्रमणको क्रममा सोमबार पोखरा पुगेका गुटरेस मंगलबार बिहान अन्नपूर्ण आधार शिवर पुगेका थिए। पदयात्राका लागि विश्वमा नै चासो र चर्चा हुने र निकै राम्रो गन्तव्य बनेको अन्नपूर्ण आधार शिविरमा उनी नेपाली सेनाको हेलिकप्टरमार्फत गएका हुन् ।

अन्नपूर्ण आधार शिविरमा पुगी उनले जलवायु परिवर्तनले हिमालय क्षेत्रमा परेका असर, हिमालको अवस्थालगायतका विषयमा स्थानीयसँग संवाद र सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि उनी काठमाडौं फर्कने र अपराह्न ४ बजे संघीय संसदका दुवै बैठकलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?