काठमाडौं । व्यक्ति हत्याको अभियोगमा जेलमा रही राष्ट्रपतिबाट आम माफी पाएका नेपालगञ्जका योगराज ढकाल ‘रिगल’ विरुद्ध परेको मुद्दाको आज सुनुवाइ तोकिएको छ ।
आज सर्वोच्चका न्यायाधीशत्रय ईश्वर खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुँडालको संयुक्त इजलासमा पेशी तोकिएको हो ।
संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद मिनाहा गर्दै छुट दिइएको भन्दै भारती मानन्धरले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । २०७२ साल असारमा रिगलले नेपालगञ्जका चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा उनी सजाय काटिरहेका थिए ।
जम्मा ८ वर्ष मात्रै जेलमा कैद रहेका उनलाई राष्ट्रपतिले बाँकी सजाय मिनाहा गरी छुटकारा दिएपछि चेतनकी पत्नी भारतीले मुद्दा दायर गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया