अनि बनेको थियो प्रिन्सीपल रूपेश सर्राफको हत्या गर्ने ‘प्लान’

लोकपथ
1.5k
Shares

काठमाडौं । बाराका रूपेश सर्राफको हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

घटना संलग्न दुईजना पुरूष र एकजना महिलालाई प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ गरिएको तीन जनालाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने प्रहरीको तयारी रहेको छ ।

प्रहरीका अनुसार प्रिन्सीपल सर्राफ एक महिलासँग प्रेम सम्बन्धमा थिए । ती महिलाका अर्का व्वाइफ्रेन्डले सर्राफको गोली हानी हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय  बाराका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार विवाहित सर्राफसँग प्रेममा रहेकी महिला अर्का एकजना पुरूषसँग पनि प्रममा थिइन् । ती पुरूषले सर्राफलाई आफ्नी प्रेमिकासँग सम्बन्ध तोड्न चेतावनी दिएका थिए ।

ती महिलाका अर्का प्रेमीले गत साउन १३ र भदौ २८ गते पनि सर्राफलाई गोली हान्ने प्रयास गरेका थिए तर सफल हुन सकेका थिएनन् । सर्राफ हत्यामा महिलाले दोहोरो भूमिका निर्वाह गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकी महिलाले अर्का प्रेमीले कि आफूलाई मार्ने कि सर्राफलाई मार्ने धम्की दिएपछि आफूले सर्राफको हत्या गर्न सहयोग गरेको प्रहरीलाई बयान दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?