नबिल बैंक र ग्रन्थ इलेक्ट्रिक भेहिकलबीच सम्झौता

लोकपथ
0
Shares

काठमाडौं । ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रा.ली (एफ डि मोर्टर्स) र नबिल बैंक लीबीच एफ डि मोर्टर्स ब्राण्डका इलेक्ट्रिक स्कुटरहरु किन्न चाहने ग्राहकहरुलाई सहजता दिने सम्बन्धमा सम्झौता भएको छ ।

जस अनुसार सरल र सहज रुपमा क्रेडिट कार्ड मार्फत कर्जा सुबिधा पाउनेछन् साथै कुनै पनि ग्राहकहरुले एफ डि मोर्टर्सका सोरुमहरुमा गई आवश्यक पर्ने कागजात दिएर के्रडिट कार्ड मार्फत किस्ता तिरेर इलेक्ट्रिक स्कुटरहरु खरीद गर्न सक्नेछन् ।

एफ डि मोर्टर्स ले हाल दुई ओटा मोडेल को इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ । जसमा एफ फाइब को मुल्य २,६१,९९९ र एफ फाइब ए को मुल्य २,९७,९९९ रहेको छ । छिटै ग्रन्थ ई भी ले एफ फाइब प्रो र एफ फाइब ए प्रो बिक्रिको लागी ल्याउदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?