काठमाडौं । बारामा गोली प्रहारबाट बाल एकता इङलिस बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णाकारको निधन भएको छ ।
अज्ञात व्यक्तिहरुले गोली हानेका उनको उपचारको क्रममा बयोधा अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय बाराका एसपी सुरेस काफ्लेले लोकपथलाई जानकारी दिए ।
काफ्लेका अनुसार २ वटा मोटरसाइकलमा आएका ४ जना व्यक्तिले उनीमाथि आज दिउँसो गोली प्रहार गरेका थिए । मोटरसाइकल नम्बरको पहिचान भएको र उनीहरुलाई खोज्ने काम भइरहेको काफ्लेले बताए ।
‘उहाँको उपचारको क्रममा बयोधा अस्पतालमा निधन भएको छ । उहाँमाथि गोली प्रहार गर्नेहरुको मोटरसाइकल नम्बर पत्ता लागेका छ । उनीहरुलाई खोज्जे काम भइरहेको छ ।’ काफ्लेले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया