काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुटरेस पोखरा पुगेका छन् ।
सोमबार दिउँसो नेपाली सेनाको हेलिकोप्टरमार्फत् महासचिव गुटरेस पोखरा अवतरण गरेका हुन् ।
गुटरेसलाई विभिन्न सामाजिक संस्थासहित गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले लगायतले स्वागत गरेका थिए ।
आज पोखरामा बस्ने र मंगलबार अन्नपूर्ण बेसक्याम्प जाने कार्यसूची रहेको छ । त्यस्तै भोलि नै महासचिव गुटरेसले संघीय संसदको दुुवै सदनलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ ।
आइतबार राति नेपाल ओर्लिएका गुटरेसले आतबार प्रधानमन्त्रीसहित शीर्ष नेताहरुसँग भेटघाट गरेका थिए । त्यस्तै आइतबार नै ललितपुरस्थित पाटन दरबार पुगेका उनी साँझ प्रधानमन्त्रीले आयोजना गरेको रात्रिभोजमा सहभागि भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया