मुक्तिनाथमा पर्यटकको घुइँचो

लोकपथ
117
Shares

काठमाडौं । मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ ।पछिल्ला दिनमा मुक्तिनाथ दर्शन गर्नेको संख्या बढेको छ ।

दसैँ सकिएसँगै मुस्ताङका मुक्तिनाथसहित कोरला नाका लोमान्थाङ दरबार कागबेनी पुग्ने पर्यटकको संख्या बढेको हो ।

सरकारी तथा गैरसरकारी कार्यालय बैंक तथा वित्तीय संस्था स्कुल कलेजमा दसैँ पर्वमा लामो बिदा हुँदा मुस्ताङमा आन्तरिक पर्यटकको लर्को लागेको हो । सोह्र श्राद्धमा आन्तरिक पर्यटकको संख्या बढे पनि दसैँको बेला पर्यटकको चाप घटेको थियो । स्वदेशी पर्यटक बिदाको समयमा नेपालका पर्यटकीय गन्तव्य घुम्न रुचाउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?