नेपालको पहिलो विकेट पतन, २७ रन जोडेर आसिफ भए आउट

लोकपथ
147
Shares

काठमाडाैं । टी–२० विश्वकप फाइनल एसिया छनोटमा हाल नेपालले सिंगापुरले दिएको १ सय ४६ रनको लक्ष्य पच्छ्याइरहेको छ ।

जारी खेलमा नेपालको पहिलो विकेट पतन भएको छ । पहिलो विकेटका रुपमा नेपालका ओपनर आसिफ शेख रन आउट भएका हुन् । उनले  २७ रन जोडेका छन् । आशिफको ठाउँमा कप्तान रोहित पौडेल मैदानमा आएका छन् ।

यसअघि, सिंगापुरको व्याटिङलाई दबाबमा राख्न नेपालका लागि अविनास बोहराले सर्वाधिक ३ विकेट लिए । सन्दीप लामिछाने, करण केसी, गुल्सन कुमार झाले समान २-२ विकेटको योगदान गरे ।

सिंगापुरका लागि रोहन रंगराजनले सर्वाधिक४६ रन,आर्यवीर चौधरीले ३५ रन, मनप्रित सिंहले २४ रनको योगदान गरे ।

एसिया छनोटमा एसियाका आठ देश सहभागी खेलमा चार–चार टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । १९ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा दुवै समूहबाट विजेता दुई टोली सेमिफाइनल पुग्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?