काभ्रेमा वाम उम्मेदवारको अझै टुंगो लागेन

बनेपा, १० कात्तिक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दुवै वाम दलले काभ्रेपलाञ्चोकमा उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् नेकपा (एमाले) ले जिल्लाको २ नं निर्वाचन क्षेत्रमा गोकुल बास्कोटाको नाम सर्वसम्मत गरेको भएपनि नेकपा (माओवादी केन्द्र)ले उम्मेदवार टुंगो लगाउन नसक्दा नाम सिफारिश मात्रै गरेको छ प्रदेशसभामा उम्मेदवार हुनेको नाम दुवै पार्टीकातर्फबाट धेरै भएपछि केन्द्रको कार्यदलको निर्णय पर्खने अवस्था आएको छ । प्रदेशसभाका लागि कसैको नाम पनि टुंगो लागेको छैन, नेकपा (एमाले)का अध्यक्ष टोकबहादुर वाइवाले भने उनले आज बस्ने जिल्लाको पदाधिकारी तहको बैठकले पनि केही निर्णय गर्ने उल्लेख गर्दै केन्द्रबाट कार्यदलको निर्णय पनि आउने बताए नेकपा (माओवादी केन्द्र) काभ्रेपलाञ्चोकका पूर्वअध्यक्ष दिनानाथ गौतमले नेकपा (एमाले) सँगको सहकार्यका लागि निर्वाचन क्षेत्र नं १ टुंगो लागे पनि उम्मेदवार टुंगो नलागेको बताए उनले त्यस क्षेत्रका लागि कमानसिंह लामा, सूर्यमान दोङ, रुकु चौलागार्इं, रेणुका चौलागार्इंको नाम केन्द्रमा सिफारिश भएको बताए “सर्वसम्मत नभएपछि सिफारिश गरेर केन्द्रमा पठाएका छौँ”– उनले भने । उता नेपाली काँग्रेसले जिल्लाको क्षेत्र नं १ मा तीर्थ लामा र २ नं क्षेत्रमा पार्टी सभापति मधु आचार्यको नाम टुंगो लगाएको छ, तर प्रदेशसभामा कुनैपनि उम्मेदवारको टुंगो लागेको छैन नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सदस्य महेश पौडेलले प्रदेशसभाका लागि क्षेत्र नं १ को (क) बाट सिवी लामा र २ को (ख) बाट कञ्चनचन्द्र वादेको नाम टुंगो लगाएको छ जिल्लामा प्रतिनिधिसभाका लागि २ र प्रदेशसभाका लागि चारजना निर्वाचित हुनेछन् । काभ्रेपलाञ्चोकमा दोस्रो चरणअन्तर्गत मंसिर २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हँुदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?