चियापानले राष्ट्रिय एकता र सद्भावको वातावरण निर्माणमा सफलता मिलोस्ः नेता केसी

लोकपथ
0
Shares

काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले पार्टीद्वारा आयोजित चियापान संस्कृति मेलमिलापको प्रतीक बनेको बताएका छन् । आजको सन्दर्भमा पनि राष्ट्रमा बिद्यमान चौतर्फी चुनौती र जटिलतालाई सम्बोधन गर्न, राष्ट्रिय एकता र सद्भावको वातावरण निर्माणमा उत्प्रेरित गर्न शनिबार आयोजित चियापान कार्यक्रममा सफलता मिलोस् भनि केसीले गरेका छन् ।

अन्तर्राष्ट्रिय परिवेश र नेपालको राष्ट्रियता माथिको देखिएको जटिल र चुनौतीपूर्ण संकटको अवस्थामा आठवटा गम्भीर अभियोगका बीच जननायक बिपी कोइराला र गणेशमान सिंहले २०३३ मा असाधारण जोखिम उठाएर ‘राष्ट्रियता र प्रजातन्त्र’को संरक्षणका लागि राष्ट्रिय मेलमिलाप नीति अपनाउँदै निर्वासनबाट स्वदेश फर्केपछि २०३४ साल बाट चियापान परम्परा प्रारम्भ गरेको केसीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

कांग्रेसले पार्टी कार्यालयमा कोजाग्रत पुर्णिमाका दिन हरेक वर्ष चियापान कार्यक्रम गर्दै आएको छ ।

कांग्रेसको चियापन र तत्कालीन अवस्थालाई स्मरण गर्दै केसीले लेखेका छन्–
सन् ७० को दशक, समकालीन विश्व शीतयुद्ध को पराकाष्ठामा पुगेको अवस्था थियो।
भियतनाम युद्धको उत्कर्ष, बाँग्लादेशको उदय, सिक्किमको बिलय, अफगानिस्तानमा तत्कालीन सोभियत संघको ब्युहरचनामा सत्तापलट,गृहयुद्ध र सोभियत सेनाको उपस्थिति, थाईल्याण्डमा सेनाद्वारा सत्ता हत्याउने काम,इरानमा राजतन्त्र विरुद्ध दिनदिनै ब्यापक हुँदैगएको विद्रोह र कलह, इथियोपियामा सोभियत पृष्ठपोषणमा एमान एन्दम र मङ्गेत्सु हाईली मरियमद्वारा सत्तापलट, नाईजिरियामा कम्युनिस्टद्वारा बितण्डा र सत्तापलट, साईप्रसमा टर्कीको पक्षपोषणमा द्वन्द्व र कलह, पोर्चुगालमा वामपन्थीहरूद्वारा सैनिक विद्रोह जस्ता घटनाले विश्व मानचित्रबाट कयौँ विकासोन्मुख मुलुकहरूको सार्वभौमिकतामा खतरा बढिरहेको थियो भने छिमेकी भारतमा नै लोकतन्त्रलाई निलम्बनमा राखेर संकटकालीन स्थितिको घोषणा भएको अवस्था थियो।
तत्कालीन कम्युनिस्ट दबदबाबाट बच्नका लागि एशिया–प्रशान्त क्षेत्रका ५ वटा ‘सशकित मुलुकहरू’ आज १० वटा मुलुकले आसियान सङ्गगठन स्थापना गरे र ‘मित्रता र सहयोग सम्बन्धी सन्धी’ नै गरे । १९६५–६६ मा इन्डोनेशियामा भएको कम्युनिस्ट विद्रोह, सत्तामा गोप्य घुसपैठबारे चर्चित ‘एडित फर्मूला’ र नरसंहार, हेक्का राख्नलायक असाधारण त्रासदी थियो ।
यी र यस्तै मेलमिलापको प्रतीक बनेको चियापान संस्कृतिलाई आजको सन्दर्भमा पनि राष्ट्रमा बिद्यमान चौतर्फी चुनौती र जटिलता लाई सम्बोधन गर्न, राष्ट्रिय एकता र सद्भावको वातावरण निर्माणमा उत्प्रेरित गर्न सफलता मिलोस!भोलि नेपालि काँग्रेस पार्टी कार्यालयमा हुने चिया पान कार्यक्रममा हार्दिक आमन्त्रण तथा शुभकामना।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?