दैलेखमा २ समूहबीच ग्याङ फाइट, एक जनाको मृत्यु

लोकपथ
287
Shares

काठमाडौं । दैलेखमा दुई समूहबीच आपसी विवाद हुँदा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुर्खेत विरेन्दनगर नगरपालिका २ का किशोर बुढा रहेका छन् ।

बिहीबार दैलेखको सिलङ्गी बजारमा दुई समूहबीच आपसी विवाद भएको थियो । मेला हेर्न गएका दुइ समूहबीच आपसमा विवाद हुँदा घटना घटेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी कृष्ण लम्सालले लोकपथलाई जानकारी दिए ।

विवादमा घाइते भएका बुढाको उपचारको क्रममा मृत्यु भएको हो । दुइ समूहबीच भएको झडपमा परी घाइते भएका सुमन शाहीको उपचार भइ डिस्चार्ज भएको उनले जानकारी दिए । साथै घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?