आफ्नै २० दिनको नवजात शिशुलाई बन्धक, उद्धार गर्न गएका डिएसपीमाथि चक्कु प्रहार

लोकपथ
595
Shares

काठमाडौं । आफ्नै २० दिनको नवजात छोरालाई बन्धक बनाएर ज्यान मार्ने धम्की दिएपछि उद्धारमा गएको प्रहरीमाथि आक्रमण भएको छ ।

बाँकेको कोहलपुर–२ दीपनगरका कुशल थापाले आफ्नै नवजात २० दिनको शिशुलाई बन्धक बनाएर ज्यान मार्ने धम्की दिएका थिए ।

बिहीबार राति उनको परिवार र आफन्तले इलाका प्रहरी कार्यालय बाँकेमा खबर गरेका थिए ।

इप्रका बाँकीको प्रमुख डिएसपी सुन्दर तिवारीको नेतृत्वमा प्रहरी टोली उद्धारका लागि पुुगेको थियो । लामो समय प्रहरीले कोठाभित्र रहेका थापालाई सम्झाउन खोजेको थियो । तर उनले झ्यालबाट चक्कु प्रहार गर्दा डिएसपी तिवारीको हातमा लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता नारायण डाँगीले लोकपथलाई जानकारी दिए । उनका अनुसार थापालाई चक्कु प्रहार भएपछि प्रहरीले ढोका फोरेर ती बालकको उद्धार गरेको थियो ।

‘आफ्नै २० दिनको नवजात छोरालाई कोठाभित्र बन्धक बनाएर ज्यान मार्ने धम्की दिएपछि प्रहरी टोली उद्धारका लागि पुगेको थियो । डिएसपी सुन्दर तिवारी लगायतले बाहिरबाट सम्झाउन खोज्दा उहाँ माथि नै जाइ लागेर चक्कुले प्रहार गरेको थिए ।’ उनले भने, ‘चक्कु लागेर डिएसपी तिवारीको हातमा चोट लागेको थियो । पछि प्रहरीले ढोका नै फुटाएर शिशुको उद्धार गरेको थियो ।’

प्रवक्ता डाँगीका अनुसार ती व्यक्तिले यसअघि पनि पटकपटक सोही किसिमका हर्कत गरेका थिए । भने उनको मानसिक सन्तुलन ठिक नभएको पारिवारले प्रहरीलाई जानकारी दिएको उनले बताए ।

उनलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?