जनकपुर : धान खेतमा मृत फेला परेका युवकको पहिचान खुल्यो

लोकपथ
273
Shares

जनकपुरधाम । जनकपुरको धान खेतमा मृत फेला परेका युवकको सनाखत भएको छ ।

बिहीबार मृत फेला परेका युवक धनुषाको जनकपुरधाम उपमहानगरपालिका २४ सोनापारा बस्ने फुलगेन महराका अन्दाजी २३ वर्षीय छोरा रुपेश महरा रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

बिहीबार बिहान जनकपुरधाम उपमहानगरपालिका २३ बेलास्थित धान खेतमा अपरिचित युवकको शव फेला परेको थियो । शव र घटनास्थलको प्रकृतिले उनको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

घटनास्थलमा तालिमप्राप्त कुकुरबाट अनुसन्धान गरेपछि शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको डिएसपी अवाले बताए । घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?