काठमाडौं । दसैँको दिन रुपन्देहीमा दुर्गा मूर्ति बिसर्जनको क्रममा डुबेर बेपत्ता युवकको शव तीन दिनपछि भेटिएको छ ।सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम प्राप्त गोताखोरको टीमले शव भेट्टाएका हुन् ।
शव आज सवा १२ बजे घटनास्थलको केही तल तैरिएको अवस्था भेटिएको हो । दुर्गा मूर्ति बिसर्जनका क्रममा मंगलबार दिउँसो रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर १ र ५ को सिमानामा रहेको दुई मुहान (नदी) मा डुबेर कोटहीमाई-१ का २० वर्षीय युवा सन्तकुमार राजभर बेपत्ता भएका थिए ।
मूर्ति बिसर्जनकै क्रममा डुबेर सोही स्थानकै २४ वर्षीय अजयकुमार नाउ र १८ वर्षीय अजय राजभरको मृत्यु भएको थियो । उनीहरुको शव मंगलबार फेला परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया