काठमाडौं । जनकपुरमा एक युवकको शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका-२३ बेलास्थित धान खेतमा एक युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मृतक युवकको पहिचान खुल्न नसकेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।
‘अन्दाजी २५-२६ वर्षको युवकको शव फेला परेको छ । युवकको मुखमा रगत देखिएको छ घटनास्थलशंकास्पद देखिएको छ । हामी अनुसन्धान गर्दै छाैँ ।’ डिएसपी अवाले भने ।
घटनाको अनुसन्धान गर्न तालिम प्राप्त कुकुरसहितको टोली घटनास्थल आउदै गरेको पनि उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया