काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतवार अमेरिका प्रस्थान गरेका छन् ।
पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड आइतवार साँझ ५ बजे अमेरिका लागि प्रस्थान गरेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले अमेरिकामा भएका साथीहरुले पार्किन्सन्सको नयाँ प्रविधिबाट उपचार शुरु भएको जानकारी गराएको र श्रीमती सीता दाहालले पनि पटक–पटक अमेरिकामा गएर उपचार गराइदिन जोड गरेपछि आफू जान लागेको बताए ।
उनले ७ देखि १० दिनमा उपचार सकिने अनुमान गरेका छन् । यदि यस समयमा उपचार नसकिए सीतालाई छोरी गंगाको जिम्मामा छाडेर आफू स्वदेश फर्किने प्रचण्डले बताए ।
प्रचण्ड र सीतासँगै छोरी गंगा र ज्वाइँ जीवन आचार्य पनि अमेरिका प्रस्थान गरेका छन् । सीता बिगत लामो समयदेखि पार्किन्सन रोगले पीडित छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया