बडादसैँले परिवार, समाज र राष्ट्रलाई नै भावनात्मक रूपमा एक बनाएको छ : पूर्वराष्ट्रपति भण्डारी

लोकपथ
63
Shares
sf7df8f}F, !% c;f/ . /fi6«klt ljBfb]jL e08f/L dxfn]vf k/LIfssf] sfof{nosf] ^$cf}+ jflif{sf]T;j ;df/f]xsf] a’waf/ pb3f6gkl5 dGtJo JoQm ub}{ . t:jL/ M /Tg >]i7, /f;;

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँले परिवार, समाज र राष्ट्रलाई नै भावनात्मक रूपमा एक बनाएको बताएकी छन्। विजयादशमीका अवसरमा आज शुभकामना दिँदै उनले बडादसैँले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव र सहिष्णुता अभिवृद्धि भई राष्ट्रिय एकता सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरेकी हुन् ।

“देशविदेशमा छरिएका परिवारका सदस्यबिचको पुनर्मिलनका साथै मान्यजनबाट टीका ग्रहण गरी आशीर्वाद लिनेजस्ता मौलिक परम्पराले गर्दा बडादसैँले परिवार, समाज र राष्ट्रलाई नै भावनात्मक रूपमा एक बनाएको छ”, उनले शुभकामना सन्देशमा भनेकी छन् ।

असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा मनाइने बडादसैँ पर्वको आर्थिक र सामाजिक पक्षसमेत उत्तिकै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले देश र परदेशमा रहेका परिवारका सदस्य भेला भएर मान्यजनबाट टीका र जमरासहित आशीर्वाद लिने पर्वका रूपमा दसैँले हाम्रो असल सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै आएको बताइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?