पाल्पामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

लोकपथ
336
Shares

काठमाडौं । पाल्पामा स्कारपियो दुर्घटना भएको छ । दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । रानीमहल जाँदै गरेको बागमति प्रदेश ७२०९ नम्बरको स्कारपियो बराङ्ग्दी खोलामा खसेको हो । जीपका चालक घाइते भएका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मृत्यु हुनेमा तीन महिला, दुई बालक र एक पुरुष रहेका छन् ।

घटनास्थलमा प्रहरीको टोली पुगिसकेको छ । घटनास्थलमा हाल नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्दारमा खटिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?