काठमाडौं । अफ्रिकी एङ्गोलाको लुवाण्डामा आयोजना हुने अन्तर ब्यबस्थापिका संघ (आइपियु) को १४७ औं महासभामा भाग लिन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज राती एङ्गोला प्रस्थान गर्नै भएका छन् ।
अध्यक्ष तिमिल्सिना एङ्गोलामा कार्तिक ६ देखि १० (अक्टोबर २३—२७) मा हुने १४७ औं महासभामा ९ सदस्यीय नेपाली संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गरेर राती १:५५ बजे त्यस तर्फ प्रस्थान गर्न लागेका हुन ।
“शान्ति, न्याय र सशक्त निकायहरूका लागि संसदीय सक्रियता” भन्ने नाराका साथ सम्पन्न हुने महासभामा नेपालको तर्फबाट सहभागी हुने प्रतिनिधि मण्डलमा राष्ट्रिय सभाका सदस्य द्वय कुमार दसौंदी र जीतेन्द्रनारायण देव तथा प्रतिनिधिसभाका सदस्य दय रुपा सोसी चौधरी र सन्तोष परियार तथा संघीय संसदका महासचिब डा. भरतराज गौतम, सहसचिब बबिता मिश्र, उपसचिब त्रिबिक्रम पराजुली र अध्यक्ष तिमिल्सिनाका सञ्चारबिज्ञ (प्रेस सल्लाहकार) दुर्गाप्रसाद शर्मा रहेका छन् ।
महासभामा अध्यक्ष तिमिल्सिनाले नेपालको संघीय संसदको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको संघीय संसदका प्रबक्ता एकराम गिरीले जानकारी दिए । अध्यक्ष तिमिल्सिनाले बेल्जियमका हाउस अफ सिनेटका अध्यक्ष स्टेफन डि होस र आयरल्याण्डका माथिल्लो सदन सिनेटका अध्यक्ष जेरी बुटिमेर संग पनि पनि भेटवार्ता गर्नैछन् । यसैगरी आइपियुको फोरम अफ योङ्ग पार्लियामेन्टमा प्रतिनिधीसभा सदस्य सन्तोष परियार र फोरम अफ वुमन्स पार्लियामेन्टसमा प्रतिनिधीसभा सदस्य रुपा सोशी चौधरीले सहभागिता जनाउने छन् ।
महासभा संगै संसदका महासचिबहरुका्े संगठन एसोसिएसन अफ सेक्रेटरी जनरल अफ पार्लियामेन्टमका बैठकमा संगठनको कार्यकारी सदस्य समेत रहेकासंघीय संसदका महासचिब डा. भरतराज गौतमले सहभागिता जनाउने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया