काठमडौं । प्रतिनिधिसभा तेस्रो अधिवेशनको बैठक आज (आइतवार) बस्दैछ ।
संघीय संसद नयाँबानेश्वरमा आज दिउँसो ३ बजे बस्ने बैठकमा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनालाई द्रुत गतिमा अगाडि बढाउने उद्देश्यसहित सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकास सम्बन्धी विधयेक आज संसदमा टेबुल हुँदैछ ।
राष्ट्रिय प्राथमिकता प्राप्त पूर्वाधार निर्माणलाई तीव्रता दिर्दै आर्थिक विकासलाई अघि बढाउने उद्देश्य सहित विधेयक ल्याएको सरकारको दाबी छ ।
विधेयकमा राष्ट्रिय प्राथमिकता प्राप्त कुनै पनि आयोजना निर्माणका लागि अब सोझै निर्माण कम्पनीसँग वार्ता गर्न सकिने व्यवस्था गरिएको छ ।
त्यस्तै विधेयक पारित भएपछि मुआब्जा माथिको विवाद र प्रक्रिया समेत अन्त्य हुने सरकारको दाबी छ । मुआब्जा विवादका कारण धेरै राष्ट्रिय आयोजनाको समय तालिका प्रभावित हुँदै आएको छ ।
यसैबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘पारमाणविक विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने संघीय संसदको महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया