काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परराष्ट्र सल्लाहकारमा रूपक सापकोटा नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले सापकोटालाई प्रधानमन्त्री प्रचण्डको परराष्ट्र सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।
सापकोटालाई आज प्रधानमन्त्री कार्यालयबाट नियुक्ति पत्र दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशक रहिसकेका सल्लाहकार सापकोटा चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका छन् ।
त्यस्तै, उनले त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयमा अध्यापन पनि गराउँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया