काठमाडौं । कामना सेवा बिकास बैंक चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्नै पहिलो बैंक बनेको छ । बैंकले आज शुक्रबार वित्तीय विवरण सार्वजनिक गरेको छ।
चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा बैंकले ११ करोड ९५ लाख २१ हजार आठ सय ८० रुपैंयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा चार करोड १५ लाख ६१ हजार तीन सय १० रुपैंयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी तीन अर्ब २८ करोड ११ लाख चार हजार चार सय ६९ रुपैंयाँ रहेको बैंकले चालु आवको पहिलो त्रैमासिक अवधिमा ५४ अर्ब ८३ करोड ५६ लाख ८५ हजार सात सय ५३ रुपैयाँ निक्ष्ोप संकलन गरी ४३ अर्ब ५१ करोड २२ लाख ९१ हजार एक सय ९० रुपैंयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा ४९ करोड नौं लाख १० हजार सात सय २१ रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ४८ प्रतिशत रहेको छ । स्प्रेड दर भने चार दशमलव ५८ प्रतिशत रहेको बैंकको वितरणयोग्य नाफा भने दुई करोड ५६ लाख ३० हजार तीन सय ९० रुपैंयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ५३ अर्ब ४७ करोड २४ लाख १० हजार पाँच सय ५७ रुपैंयाँ निक्षेप संकलन गरी ४३ अर्ब ८५ करोड १३ लाख ३७ हजार तीन सय ४५ रुपैंयाँ कर्जा प्रवाह गरेको थियो ।
उक्त अवधिमा ५२ करोड २२ लाख ९२ हजार पाँच सय ९२ रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ४० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ६७ प्रतिशत रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया