दसैँमा मासु मात्र होइन शाकाहारी भोजन पनि गर्ने कि ? यस्ता छन् फाइदा

लोकपथ
56
Shares

दसैँमा विभिन्न किसिमका परिकारहरू घरपरिवार, आफन्त तथा साथीसँग बसेर खाने चलन छ । पर्वअनुसार खानेकुरा पनि नेपाली सँस्कृतिमा आफ्नै प्रचलन छ । तिहारमा सेलरोटी, संक्रान्तिमा तरुल, असार १५ मा दही चिउरा, साउन १५ मा खीर, जनैपूर्णिमामा क्वाँटी खाइन्छ ।

यसैगरी दसैँमा विभिन्न परिकार पकाइए पनि मासुलाई मुख्य मानिन्छ । वा भनौ दसैँलाई मासुको पर्व पनि भन्ने गरिन्छ । मासु नखाए त के दसैँ भनेर भन्ने गरेको पनि सुनिन्छ, तर दसैँमा शाकाहारी भोजनको पनि आफ्नै महत्व छ ।

दसैँमा शाकाहारी परिकारमा पनिर, मसरुम, अचार, पकौडा, फ्रेन्च फ्राइ, सोयाबिन साँधेको, गेडागुडी, भेज चाउमीन र विभिन्न थरिका मिठाइका परिकार खाएर दसैँ मनाउन सकिन्छ ।

यसरी सेवन गरिने शाकाहारी भोजन स्वास्थ्यका लागि निकै फाइदाजनक रहेको पोषणविद् अरुणा उप्रेती बताउँछिन् । मासु पकाउँदा दाल किन चाहियो वा अरु तरकारी किन चाहियो भनेर मासु मात्रै खाने गरिन्छ । मासुको तुलनामा शाकाहारी भोजन निकै सन्तुलित हुने पोषणविद्हरु बताउँछन् ।

शाकाहारी हुँदा शरीर कमजोर हुने, शरीरमा आवश्यक प्रोटिन, खनिज पदार्थ कम हुन्छ भन्ने सोच गलत रहेको उप्रेती बताउँछिन् । शरीरलाई आवश्यक मात्रामा प्रोटिन, क्याल्सियम, मिनरल, आइरनको मात्रा मिलाउन सकियो भने शाकाहारी बन्नु स्वास्थ्यको लागि निकै फाइदाजनक छ ।

शाकाहारी भोजनले शारीरिक रुपमा मात्र नभई मानसिक रुपमा पनि तन्दुरुस्त राख्छ ।शाकाहारी भोजनमा रेसादार तथा हरियो सागसब्जी हुने हुँदा यसले कब्जियतबाट मुक्त गराउनुका साथै शरीरलाई अति आवश्यक सुक्ष्म पोषणतत्व, क्याल्सियम, प्रोटिन प्रशस्त उपलब्ध गराउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?