२१ मङ्सिर २०८०, बिहीवार

२७ वर्षको उमेरमा अर्बपति बने यी युवा, यस्तो छ सफलताको कथा

२०७४,कार्तिक,१०,शुक्रवार ०२:५३

0
Shares

एजेन्सी- आफ्नै बलबुतामा  आयरल्यान्डका जोन कोलिसन अर्बपतिको सूचीमा परेका छन् । उनको उमेर  २७  वर्षको मात्रै छ |अर्बपतिको नाम सार्वजनिक गर्ने चर्चित फोब्र्स पत्रिकाले उनलाई ‘युथ सेल्फ मेड बिलिनियर’ २०१७ को सूचीमा राखेको छ  जोन पैतृक सम्पत्तिले अर्बपति बनेका युवा  नभई आफ्नै मिहिनेतले सफलता चुमेका हुन् उनको सफलताको कथा केही गर्न चाहने संसारका ऊर्जावान् युवाका लागि पाठ बन्न सक्छ । अनलाइन पेमेन्ट कम्पनी सञ्चालक उनको कम्पनीको नाम हो ‘स्ट्रिप’ । सन् २०१० मा संस्थापक भएर कम्पनी सुरु गरेका उनको यो कम्पनीले सात वर्षमा  एक लाखभन्दा बढी कम्पनीलाई सेवा दिइरहेको छजोनले सबैभन्दा पहिले आफ्ना दाइसँग मिलेर अक्टोमेटिक नामको स्टाटअफ सुरु गरेका थिए । जोनले यो कम्पनी सुरु गर्ने ‘आइडिया’ दक्षिण अफ्रिका भ्रमणका वेला प्राप्त गरेका थिए । उनले त्यो भ्रमण दाइ पेट्रिकसँग नै गरेका थिए । भ्रमणबाट फर्केलगत्तै कम्पनी स्थापना गरे, दाइकै सहयोगमा । अक्टोमेटिक कम्पनी सन् २००८ मा उनले ५ मिलियन अमेरिकी डलरमा बिक्री गरिदिए । उनी १९ वर्षको उमेरमा करोडपति भइसकेका थिए हाल जोनको कम्पनी स्ट्रिपमा साढे पाँच सय व्यक्तिले रोजगारी पाएका छन् । उनको कम्पनीको कारोबार २५ देशमा फैलिएको छ । अहिले उनको कम्पनीको पुजी लगभग १० खर्ब रुपैयाँ बराबरको छ  जोनको संक्षिप्त परिचयजन्मः अगस्त ६ , १९९०अध्ययनः हावार्ड विश्वविद्यालयबाबु/आमा : डेनिस र लिलीबिबाहः पात्रिक कोलिसनआइरिस उद्यमी/ १० खर्ब रुपैंया कम्पनी पुँजीपेमेन्ट कम्पनी स्ट्रिपको सञ्चालक   

प्रकाशित मिति: २०७४,कार्तिक,१०,शुक्रवार ०२:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जो कोहीलाई पनि एउटा काममा हात हालेपछि अर्को नयाँ काम शुरु गर्दा अनेकन समस्या आउँछन् । किनभने हरेक मानिस एउटा

विद्यालयतहको नयाँ शैक्षिक सत्र आगामी वैशाखदेखि सुरु हुनेभएको छ । कोभिड–१९ को दोस्रो लहरका कारण चालू शैक्षिक सत्र गतअसार १ गतेदेखि

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विभिन्न राजनीतिक उपलब्धीहरू धरापमा पर्न थालेको बताएका छन् । नेकपा माओवादी केन्द्रको

झापा । अर्जुनधारा नगरपालिका–९ स्थित नमूना सामुदायिक वन परिसरमा निर्मित राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु फाल्गुनन्द लिंदेनको पूर्णकदको सालिकको

ताजा समाचार

मंसिर २८ देखि २०औँ हस्तकला व्यापार मेला
 २०८०,मङ्सिर,२१,बिहीवार १८:४६
आँबुखैरेनी अस्पताल : जनशक्ति छ, उपकरण छैन
 २०८०,मङ्सिर,२१,बिहीवार १८:३६