दसैँको बिदामा पढ्नुहोस् यी पुस्तक

लोकपथ
77
Shares

‘पढ्नु भनेको कुराकानी गर्नुजस्तै हो । सबै पुस्तकहरुले कुरा गर्छन् तर उत्कृष्ट पुस्तकले सुन्छ पनि ।’ यो भनाई मार्क ह्याडनको हो । कि पढेर जानिन्छ कि परेर भन्ने नेपाली उखानै छ । तर, परेर जान्दा धेरै कुरा बिर्सिसकेको हुन्छ । त्यसैले अधिक पढ्नुपर्छ ।

पुस्तक असल मित्र, सुख र दुःखको साथी हो । जीवन र समाजलाई बुझ्न होस् या बदलिँदो आर्थिक सामाजिक व्यवस्थालाई नियाल्न पुस्तकले मद्दत पु¥याउँछ । त्यसैले पुस्तक ज्ञानको भण्डार हो । जीवन जिउने आधारदेखि जीवन जिउन सिकाउने प्रेरक पनि हो । चर्चित ‘कर्नाली ब्लुज’ र ‘फिरफिरे’ उपन्यासका लेखक बुद्धिसागरले भनेका छन् ‘किताब यस्तो होस्, पढ्ने मान्छेलाई लागोस् एउटा छोटो समयको साथी, सबैभन्दा लामो र मिठो सम्झना दिएर गयो ।’

यसर्थ पनि निरन्तरजसो पढ्ने लत लागेकाहरुले भन्ने गरेका छन् कि मेरो सबैभन्दा असल साथी मेरो पुस्तक हो । पाठ्यक्रममार्फत पढ्ने नभई पत्रपत्रिका, तथा विभिन्न साहित्यिक तथा विज्ञान, दर्शन आदि किताब पढ्नाले विचारको उत्पत्ति हुन्छ, सृजनात्मक क्षमता बढ्छ र संसारलाई हेर्ने दृष्टिकोण समेत बदलिन सक्छ । त्यसैले यो पढाई सिकाइ तथा सृजनाको माध्यम हो ।

तर, पछिल्लो समयमा केटाकेटी, युवा र वृद्ध तिनै वर्गका पुस्ताहरुले मोबाइल, कम्प्युटर र इन्टरनेटका कारण पढ्ने बानी घटाउँदै लगिरहेका छन् । इन्टरनेटभित्रका राम्रा र उपयोगी सामग्रीहरु पढ्नुभन्दा पनि सामाजिक सञ्जालमा एकोहोरो भइरहने बानी बढ्दै गएको छ, पछिल्लो पुस्तामा प्रयोगकर्ता कतिपयलाई त यसैको लत पनि लागिसक्यो । युट्युवमा निरर्थक भिडियो हेरेर समय र जीवन व्यर्थ खेर फाल्नेको संख्या लाखौँमा होइन करोडौंमा छन् । र यो बढीरहेको छ ।
अध्ययन, चिन्तन र ध्यान मानिसका लागि महत्वपूर्ण पक्ष हो । मानिसले निरन्तर पढ्नुपर्छ । जसले जति बढी अध्ययन ग¥यो, ऊ त्यति नै माथि गएका उदाहरण हाम्रो समाजमा प्रशस्त छन् । तपाईंले जति पनि सम्पन्न मानिस देख्नु भएको छ, उनीहरु पढ्छन् । सफल मानिसको सफलताको रहस्य नै अध्ययन हो । विश्वप्रशिद्ध साहित्यकार थोरोले पनि भनेका छन्, ‘पुरानो कोट लगाउ नयाँ पुस्तक किन ।’

यसको अर्थ च्यातिएको लुगा लगाएर हिँड भन्न खोजेको होइन तर, आफूले कमाएको केही रकम पुस्तकको लागि छुट्याउ वा नयाँ लुगा र पुस्तकमध्ये एक छान्नुपर्दा भन्न खोजेको हो ।

हिन्दू नेपालीको महान् पर्व दशैँको माहोलले छपक्कै छोपेको छ । अरु बेला व्यस्थ दैनिकीले गर्दा गाउँ फर्किन नपाएका धेरै नेपाली गाउँ फकिने क्रम पनि जारी छ । लोकपथ डटकमले यहाँ विभिन्न किताबहरु राखेको छ, जुनबाट तपाईले जीवनलाई थोरै भएपनि बुझ्न सक्नुहुन्छ ।

चिना हराएको मान्छे
चिना हराएको मान्छे नेपाली हाँस्यव्यङ्ग्य कलाकार हरिवंश आचार्यको संस्मरणात्मक जीवनी हो । पुस्तक आचार्यको आत्मवृत्तान्तमा केन्द्रित भई बाल्यकाल, आफूलाई सफल कलाकार बनाउन भोगेका समस्या, मदनकृष्ण श्रेष्ठसँग भएको परिचय, विवाह, जीवनवृत्ति र अन्य विषयलाई समावेश गरिएको छ । यस पुस्तकले जीवन आउने समस्यालाई सामना कसरी गर्ने यसले सिकाउँछ ।

सेतो धरती र करोडौँ कस्तुरी
मदन पुरस्कार प्राप्त कृति हो– सेतो धरती । अमर न्यौपानेको २०६८ सालमा प्रकाशित ‘सेतो धरती’ उपन्यास बाल्यकालमै विधवा भएर जीवनभर व्यथित जीवन जिएकी नारी ताराको करुण कथामा आधारित छ । उपन्यासकी नायिका ताराको ७ वर्षको उमेरमा विवाह गरि दिइएको छ । उसले ९ वर्षको उमेरमै विधवाको जीवन सुरु गर्नु परेको छ । छोरी मान्छेको कठोर संघर्ष र प्रताडनाको विषयमा केन्द्रित छ, उपन्यास ।

करोडौं कस्तुरी यस उपन्यासमा करोडौँ निमुखाहरू कस्तुरीले जस्तै बिना चिन्न नसकेर जीवनभर असफल भएको घोषणा गर्न विवस सन्दर्भ मिहिन ढंगले केलाइएको पुस्तक हो । कलाकार हरिवंश आचार्यलाई नायक बनाइएको यस पुस्तकमा वनको कस्तूरी, जो आफ्नै नाभीमा भएको बिनाको सुगन्ध पनि कहाँबाट आयो भन्ने थाहा नपाएर फूलबाट आयो कि पातबाट आयो, माटोबाट आयो कि पानीबाट आयो भनेर खोज्दै भौँतारिइरहन्छ । कहाँबाट सुगन्ध आएको हो भन्ने थाहा नपाएरै कस्तूरी मर्छ । तर, मानिस त्यस्तो कस्तूरी हो, जसले आफ्नो जीवनको सुगन्ध थाहा पाउने क्षमता राख्दछ । क्षमता राख्दाराख्दै पनि करोडौँ कस्तूरी आफ्नो जीवनको सुगन्ध थाहा नपाएरै मरे । करोडौँ कस्तूरी, जो आफ्नो जीवनको सुगन्ध थाहा नपाएर बाँचिरहेछन् । यहि परिवेशमा केन्द्रित छ, उपन्यास ।

जीवन काँडा कि फूल
जीवन काँडा कि फूल झमक घिमिरेद्वारा लिखित आत्मकथा हो । यो पुस्तकमा झमकले आफूले भोगेको पीडा र सङ्घर्षको गाथा व्यक्त गरेकी छिन् ।
अझ समाजमा अपाङ्गता भएकाहरुको स्थान, अपाङ्गता हुनुको पीडा कथित सपाङ्ग भनिने मानिसहरुले दिइने चरम यातनाको रापबाट निस्किएको ज्वाला हो जीवन काँडा कि फूल ।
मानिस भित्रको पीडाको छट्पटी ओकल्न नपाउँदा कस्तो हुन्छ एक चेतनशिल मानिले अर्को चेतनशिल मानिसलाई दबाइरहदा दबिएको व्यक्तिको भावनामा कति ठूलो चोट पर्छ भन्ने कुरा यसबाट सिक्न सकिन्छ ।

पल्पसा क्याफे
पल्पसा क्याफे उपन्यास नारायण वाग्ले द्वारा लिखित नेपाली चर्चित उपन्यास हो । यस उपन्यासमा तत्कालिन नेपाली द्वन्द चित्रण गरिएका छ । माओवादी युद्धताकाका एक चित्रकार, दृष्य, प्रमुख पात्रका रुपमा रहेको यो उपन्यास पुरै उनको वरिपरि घुमेको छ । तत्कालीन माओवादी युद्ध, राजदरबार हत्याकाण्ड र त्यसले आम सर्वसाधारण जनतामा पारेको असर र विद्यमान सामाजिक अवस्थिती जस्ता समसामयिक बिषयहरू समावेश गरिएको छ ।

शिरीषको फुल
पारिजातको रचना हो शिरीषको फूल, जसलाई नेपाली साहित्यको इतिहासमा कोसेढुंगा मानिन्छ । त्यसबेलाको पुरुषप्रधान नेपाली समाजमा सुकन्याको विद्रोही रूपलाई कलात्मक रूपमा यसमा उतारीएको छ । जीवनको महाशून्यलाई अनुभव गर्ने, निरर्थकता जीवनको असफलता, दुर्भाग्य र निस्सारतालाई स्वीकार गर्न शिरीषको फूलबाट सिक्न सकिन्छ ।

महको म
वरिष्ठ हाँस्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा हो, ‘महको म’। यस पुस्तकामा श्रेष्ठको बाल्यकालदेखिका सम्पूर्ण अनुभूति समेटेका छन् । उनको जन्म, पढाई, भोगाई, जीवनका हरेक संघर्ष, कलाकारिताको सुरुवाती दिन, उनको रोग, उनका शुभचिन्तकहरुले दिएका सन्देश यसमा छ । यस पुस्तकले जीवनमा आउने सबै परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने सिकाउँछ ।

लेखककी स्वास्नी
‘लेखककी स्वास्नी’ उपन्यास प्रगति राईले लेखेकी हुन् । यस उपन्यासमा नेपाली आम महिलाको भोगाइहरु र एउटा सिङ्गो समाजको यथार्थता समेटिएको छ ।
उपन्यासले उठाएको मुख्य मुद्दा भनेको संसारका मानिसहरूको दुःखको विरुद्द कलम चलाउने लेखकले आफ्नै परिवारभित्रका छोरीहरूको अस्तित्वलाई बेवास्ता गरिरहेको ठूलो भूल देखाउनु हो । यी बाहेक, उपन्यासमा जीवन उपयोगी दर्शन, चिन्तन, कला, बिम्ब, प्रतिक, भाषा, संस्कृती, प्रेम, धर्यता, अभाव, बाध्यता, मनोविज्ञान, सामाजिक विभेदको दर्पणहरुलाई प्रस्तुत गरिएको छ ।

मेरा जीवनका पाना
एमाले नेतृ समेत रहेकी गौरा प्रसाईंले तत्कालीन पञ्चायती व्यवस्थाका बेला पार्टीमा भूमिगत हुँदाका क्षण, अपहरणमा परेर भारतको वेश्यालयमा बेचिनु पर्दाको अवस्था, जेल तथा प्रवास जीवन लगायत बेग्ला बेग्ला शीर्षकमा आत्मपरक जीवन संस्मरण इमान्दारी पूर्वक पुस्तकमा उतारेकी छन् ।

कर्णाली ब्लुज
कर्णाली ब्लुज बुद्धिसागरद्वारा लेखिएको उपन्यास हो । यस उपन्यासमा लेखकले पश्चिम नेपालको तराईको गाउँदेखि विकट जिल्ला कालिकोटको पहाडी परिवेश बनाइएको छ । बाल्य र किशोरावस्थाका उट्पट्याङ, बठ्याईंसँगै जीवन–भोगाईका क्रममा आइलागेका कयौँ घटनाक्रम बुद्धिसागरको लेखकीय खुबीका कारण हाँस्दाहाँस्दै हृदय पगाल्ने लेखनी बनेको छ । यसमा नेपाली समाजमा विद्यमान विकृतिसँगै माओवादीको १० वर्षे हिंसात्मक विद्रोहका असर–प्रभाव लगायतका थुप्रै पाटोहरू खोतलिएको छ । विकासको प्रवेशले नयाँ बस्तीको निर्माण र विस्थापनलाई पनि देखाएको छ । पुरानो पुस्ताको अवसान र नयाँ पुस्तालाई आएका चुनौतीको पनि सङ्केत गरेको छ । उनको फिरफिरेको पनि स्वाद चाख्न सक्नुहुन्छ ।

खुसी
विजय कुमारको जीवन अनुभवको पुस्तक खुशीमा पाठकले काँचको पर्दामा ठाँटिएर आउने विजयकुमारका पर्दापछाडिका जीवन भोगाइ, उनका आनीबानी र केही हदसम्म उनको जीवन दृष्टिकोण पढ्न सक्छन् ।

जीवन जिउने काइदा
जीवन जिउने काइदा’ले सरल उपायहरुबाटै कसरी स्वस्थ्य र दीर्घायु बन्न सकिन्छ रु भनेर पाठकलाई जानकारी दिन्छ । तर, पुस्तकका लेखक जीवन कुमार प्रसाईंले पाठकलाई औषधिपसल नलगेर हाम्रै वरपरका वस्तुमा भएका औषधिजन्य गुणहरुको पहिचान गराउँछन् । अनि तिनै गुणहरुको वर्णन रोचक तवरले मधुमेह, उच्च रक्तचाप र क्यान्सरजस्ता रोगसम्म जोडिन पुग्छ । परिवारको स्वास्थ्यप्रति सचेत गृहिणीदेखि यस विषयको अनुसन्धाता सम्मका निम्ति यो पुस्तक उपयोगी छ ।

आमाको मुटु
रामेश कोइरालाद्वारा लिखित अत्यन्त स्वभाविक भाषा र सुन्दर शैलीमा लेखिएको एक सशक्त संस्मरणात्मक कृति हो आमाको मुटु । मूल सडकको छायाँमा परि कान्तिहीन हुँदै गएको भद्रपुर नगरी र अज्ञानी डाक्टरहरुको निर्मम प्रयोगशाला बन्न अभिशप्त एक आमाको मर्मान्तक कथा हो यो । लेखककी आमाको मुुटुको मात्र होइन, धेरै आमाको मुटुको मुटु छुने कथा पनि हो यो कृति । उनको परिवारको मात्र होइन, नेपाली समाजमा भइरहेका रुपान्तरणका आयामहरु, प्राप्ति र पीडाको जीवन्त अभिलेख हो आमाको मुटु ।

सिंहदरबार बदल्ने संघर्ष
सिंहदरबार बदल्ने संघर्षमा नेता लालबाबु पण्डितको जीवन समेटिएको छ । पहिलोपटक मन्त्री हुनेबित्तिकै जताततै विसंगति र विकृति देख्नथालेपछि परिवर्तनको पाइला आफैँबाट चाल्ने अठोट गरेका पण्डितले, त्यतिबेला गरेका कामहरुलाई पुस्तकमा राखेका छन् । यसमा केही बाल्यकालका सम्झना छन् । पञ्चायतकालको उनको राजनीतिक संघर्ष पनि छ । उनले पहिलो संविधानसभामा खेलेको भूमिका पनि छ । उनी मन्त्री हुँदा गरेका काम र भोगेका चुनौती छन् ।

फस्ट लभ
अजित बरालद्वारा लिखित पुस्तक फस्ट लभ पनि युवावर्गलक्षित पुस्तक हो । पहिलो प्रेम हरेक मान्छेको जीवनभर अर्थ राखिरहने महत्वपूर्ण अवस्था हो । पहिलो प्रेम वियोगमा नटुंगिने पनि विरलै हुन्छ । तर पहिलो प्रेमको वियोग सधैंभरी मुटु खाइरहने हुँदैन । उमेर र बुद्धिको विकाससँगै मान्छेले जब आफ्नो पहिलो प्रेमको मुल्याकंन गर्छ तब त्यो एउटा मीठो सम्झना बन्दै जान्छ । यस्तै मीठा सम्झनाहरुलाई, पहिलो प्रेमका स्मृतिहरुलाई सस्मरणको गरिएको पुस्तक होे फस्ट लभ ।

काठमाडौँमा एक दिन
मोडल, सञ्चारकर्मी शिवानी सिंह थारुको उपन्यास हो , काठमाडौंमा एक दिन । ‘काठमाडौँमा एक दिन’ जनआन्दोलन २०६२र६३ को समय र त्यतिबेलाको मधेसी परिवेशलाई समेटेर लेखिएको पुस्तक हो । शिवानीका यो साहित्यिक राजनीतिशास्त्र हो । एक दिनको कथामा लेखिएको यो पुस्तकको विशेषता पात्रमाथिको निरपेक्षता हो ।

तीन घुम्ती
विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित तीन घुम्ती (उपन्यास)मा नारीका तीन रुप प्रेमिका, पत्नि र आमा को चित्रण गरिएको छ । एउटी नारीको तीनवटा छुट्टा छट्टै निर्णय बाबु आमाको इच्छा विपरित प्रेम विवाह, पतिको अनुपस्थितिमा परपुरुषसँग यौनतृप्ति र सन्तान प्राप्ति, पतिबाट अस्वीकृत भएपछि छोरी लिएर एक्लै बस्ने निर्णय मा आधारित उपन्यास हो । यी तिनवटै निर्णयमा आफ्नो अस्तित्व जोगाउन एउटी नारीले गरेको संघर्षको कथा हो तीन घुम्ती ।

इजोरीया

लेखक सुविन भट्टराईको छैटौँ कृति हो, ‘इजोरीया’ । मधेसको माटोको कथा, आशा–भरोसा र निराशाको कथा, स्वतन्त्रताको कथा समेटिएको इजोरीया’ दसैँको आफ्नो खाली समयमा पढ्न सकिनेछ ।
यसबाहेक यहाँ उल्लेख नगरिएका अति उत्कृष्ट किताबहरु पनि छन् । मदन पुरस्कार प्राप्त किताब खोजेर पढ्न सक्नुहुन्छ । यी पुस्तकहरु पनि पढ्न सक्नुहुन्छ ।

ऐँठन
ऐँठन उपन्यास विवेक ओझाले लेखेका हुन् । ओझाद्वारा लिखित ऐँठन मदन पुरस्कार प्राप्त नेपाली भाषाको कृति हो । यस कृतिले विसं २०७९ को मदन पुरस्कार जितेको थियो । ओझाको यो तेस्रो कृति हो ।

हृदय

तीन दशकदेखि मुटु उपचारमा संलग्न डाक्टर भगवान कोइरालाको पुस्तक हृदय फाइनप्रिन्टले बजारमा ल्याएको हो । डाक्टर कोइरालाले जीवनमा भोगेका संघर्षका अनुभव, उनले देखेका स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयलाई विश्लेषणात्मक ढंगमा पुस्तकमा समेटिएको छ । यो किताबले लगनशील, मिहिनेती र कुशल चिकित्सकको कथा मात्र भन्दैन, कोइरालाको व्यवस्थापकीय गुणको चर्चा पनि गर्छ।

महारानी
महारानी चन्द्रप्रकाश बानियाँद्वारा लिखित नेपाली उपन्यास हो । महारानी पुस्तक सन् २०१९ मा प्रकाशित भएको थियो र पुस्तकले सोही वर्षको मदन पुरस्कार जित्न सफल भएको थियो ।

पुस्तक नेपालको चौबिसे राज्य र बाइसे राज्यमा आधारित ऐतिहासिक कथा हो । कथा पर्वतका राजा घनश्याम र उनका छोराहरू मलेबम र भद्रिबमद्वारा उत्तराधिकारको विवादको बारेमा हो । मलेबम जेठा छोरा हुन् र सिंहासनमा जन्मसिद्ध अधिकार छ जबकि भद्रिबम पहिले गर्भधारण गरिएको थियो तर पछि जन्मिएको थियो। जब मालेबमलाई राजा घोषित गरिन्छ, भद्रीबमले विद्रोह गर्छिन् जबकि उनकी श्रीमती, सबैलाई आश्चर्यमा, मालेबमलाई समर्थन गर्छिन्। पर्वतलाई बचाउनको लागि उनको प्रयासको मान्यतामा, दरबारले उनलाई ूमहारानीू को दर्जा दिन्छ। तर, उनी गोप्य रूपमा सन्यासलाई लिएर विन्द्रावनतिर जान्छिन्। त्यसबेलादेखि पर्वतका जनताले उनलाई महारानीको रुपमा पुज्दै आएका छन्। पुस्तकमा त्यस अवधिको पर्वतको जीवन, प्रशासनिक व्यवस्था र न्याय प्रणालीलाई पनि चित्रण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?