घरैमा चिकेन रोस्ट बनाउने सजिलो तरिका

लोकपथ
315
Shares

मासु पारखीहरूको रोजाइमा पर्ने परिकार हो, चिकेन रोस्ट । हरेक उमेरसमूहका मानिसले रोस्ट मन पराउँछन् । रोस्ट बनाउन पनि एकदमै सजिलो छ । यसरी सजिलै बनाउनुहोस् चिकेन रोस्ट ।

आवश्यक सामग्री

आवश्यकता अनुसारको कुखुराको मासु
तेल, बेसार, नुन, गरम मसला, मिट मसला, धुलो खुर्सानी
लसुन, अदुवाको पेस्ट
कागती
अण्डा

बनाउने तरिका

मासुमा बेसार, नुन, गरम मसला, मिट मसला, धुलो खुर्सानी, लसुन, अदुवाको पेस्टसँगै कागतीको रस र अण्डा राखेर राम्ररी मोल्ने र कम्तिमा आधा घण्टाका लागि छोपेर राख्ने । छ भने फ्रिजमा राख्दा राम्रो ।

मासु हल्का नरम भएपछि निकाल्ने । अब रोस्ट बनाउनको लागि कराई वा प्यानमा तेल ताताउने । तेल तातेपछि म्यारिनेट गरेर राखिएको मासु भाँडोको क्षमता अनुसार तेलमा डुब्ने गरी हाल्ने ।

मासु हल्का खैरो हँुदै गएपछि त्यसलाई अर्कोतर्फ पनि फर्काएर पकाउने । दबैतर्फ खैरो रंगको भएपछि रोस्ट खानको लागि तयार हुन्छ । रोस्टलाई सामान्यतः अचारसँग खाइन्छ । तर, आ–आफ्नो स्वाद अनुसार यसलाई जसरी पनि खान सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?