घरमै यसरी बनाउनुहोस् होटलको जस्तै छोयला, यस्ता छन् तरिका

लोकपथ
231
Shares

काठमाडौं । छोयला भन्ने वित्तिकै नेवारी खाजाको झ–झल्को आइहाल्छ । छोयलाबिनाको नेवारी खाजा अपुरो मानिन्छ । विशेषतः नेवारी समुदायबाट आएको यो परिकार मासुका पारखीहरुको पहिलो रोजाइ हुनसक्छ ।

छोयला ‘बफ’को मात्र हुन्छ भन्ने हुँदैन । खसी, कुखुरा, पोर्कको मासुको पनि स्वादिष्ट छोयला बनाउन सकिन्छ ।
छोयला खाँदा यो त नेवारी समुदायले मात्र बनाउन सक्छ जस्तो लागे पनि यो परिकार बनाउन सोचेभन्दा सजिलो छ ।
हाम्रो भान्सामा रहेका सामान्य मरमसलाबाट पनि छोयला सजिलैसँग बनाउन सकिन्छ ।

छोयलाका लागि आवश्यक सामग्री

आफूलाई मन पर्ने मासु
तेल
खुर्सानी, प्याज, टमाटर, हरियो धनियाँ
बेसार, नुन, गरम मसला, मिट मसला, धुलो खुर्सानी
लसुन अदुवाको पेस्ट
मासुलाई सुरुमा बेसारमा मोलेर लामो आकारमा काट्ने र २–३ दिनसम्म घाममा सुकाउने । घाम नलाग्दा मासुलाई आगोमा पनि सेक्न सकिन्छ ।
आधा सुकेको मासु सुकुटीका लागि उपयुक्त हुन्छ । त्यसपछि मासुलाई सानो सानो टुक्रामा काट्ने ।
प्यान अथवा कराईमा तेल तताएर त्यसमा हरियो खुर्सानी, लसुन अदुवाको पेस्ट, बेसार, नुन, गरम मसला राख्ने । त्यसरी तयार भएको मसलालाई काटेर राखेको मासुमा अचार झाने जसरी नै हालेर मोल्ने ।
मासु मोली सकेपछि त्यसमा स्वादअनुसार हरियो प्याज र लसुन पनि काटेर राख्ने ।
यसरी सहजै रुपमा स्वादिष्ट छोयला तयार हुन्छ । मनपर्छ भने हरियो धनियाँ राखेर पनि छोयला खान सकिन्छ । धनियाँ मन नपारउनेले नराख्दा पनि छोयलाको स्वादमा कुनै फरक पर्दैन ।
तयार भएको छोयलालाई चिउरासँग वा त्यत्तिकै पनि खान सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?