बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले मुलुकले फेरि अर्को द्वन्द्व थेग्न नसक्ने बताएका छन् ।
कांग्रेसका केन्द्रीय सदस्य खाँणले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहसँग सरकारले वार्ताबाटै समाधान खोज्नुपर्ने बताए । वप्लवलाई पनि वार्ता र सहमतिबाटै समाधान खोज्न आग्रह गर्दै मुलुकले फेरि अर्को द्वन्द्व थेग्न नसक्ने उनको भनाइ छ ।
शनिवार प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य खाँणले सो कुरा बताएका हुन् ।
उनले सरकारले विप्लव समूहमाथि निषेधको राजनीति गरेको आरोप लगाउँदै विप्लवलाई निषेधको राजनीति गरिहाल्ने अवस्था नभइसकेको समेत बताए ।
‘सरकराले विप्लवको पार्टीलाई शान्ति प्रकृयामा ल्याउन गम्भीर बन्नुपर्छ’ उनले भने, ‘विप्लवसँग वार्ता र संवादको ढोका बन्द गर्न हुँदैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया