चीन भ्रमणमा रहेका गृहमन्त्री श्रेष्ठलाई ‘माइल्ड हर्ट अट्याक’

लोकपथ
189
Shares

काठमाडौं । चीन भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् ।

गृहमन्त्री श्रेष्ठको मुटुमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका छन् । श्रेष्ठलाई ‘माइल्ड हर्ट अट्याक’ आएपछि अस्पताल भर्ना गरिएको हो ।

उनलाई बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?