१३ मङ्सिर २०८०, बुधबार

जनताको रक्षाका लागि भन्दै के गरे महानगरका मेयरले यस्तो ?

२०७४,कार्तिक,१०,शुक्रवार ०२:२८

0
Shares

विराटनगर , १० कात्तिक- विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली दूरी नापेर घर्सँदै छठ पूजा गर्न घाट पुगेका छन् । कञ्चनबारी संगमचोकस्थित घरदेखि डेढ किलोमिटर टाढा परोपकार घाटको छठ पूजास्थलसम्म साष्टांग दण्डवत् गर्दै पुगेका पराजुलीले महानगरवासीको रक्षाको कामना गरेको बताए, नयाँ पत्रिकामा खबर छ उनले विद्यार्थीकालदेखि नै छठ पर्वमा कठिन व्रत बसेर साष्टांग दण्डवत् गर्दै पूजास्थल पुगेर छठ पूजा गर्दै आएका थिए । आफूले १३ वर्षदेखि गर्दै आएको आराधनालाई निरन्तरता दिन १४औँ वर्षमा पनि घस्रेर पूजास्थल पुगेको उनले बताए । उनले भने, ‘पहिले म आफू र परिवारको रक्षाका लागि कठिन यात्रा गरेर छठ पूजा गर्थेँ, तर अहिले भने सम्पूर्ण महानगरवासीका लागि गरेको हुँ ।’भविष्यमा पनि यो क्रम जारी रहने उनको भनाइ छ । हिन्दू धर्ममा अगाध विश्वास गर्ने पराजुली साँझ–बिहान नित्य पूजापाठ गर्छन् ।

प्रकाशित मिति: २०७४,कार्तिक,१०,शुक्रवार ०२:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो,

काठमाडौं— नेपालमा इन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन ‘एनएसभीआईआर—२०२३’ हुने भएको छ । नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजना नेपालमा पहिलोपटक आगामी

झापा। झापाको भद्रपुरस्थित मेची नदी किनारमा उदाउँदो सूर्यको पूजा,उपासना सँगै अर्घ दिएपछि छठ पर्व सकिएको छ । उदाउँदो सूर्यदेवको पूजा

काठमाडौं । तराईबासीको ठूलो पर्व छठ बितेका केही वर्षयता देशभर मनाउन थालिएको छ । तराई तथा पहाडी मूलका सबै ब्रतालूले

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८