८ भाइले युद्ध जितेरै आएपछि गलामात्र लगाएनौँ गाला जोड्यौँ : उद्धव थापा

लोकपथ
364
Shares

विराटनगर । नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापाले मुख्यमन्त्री केदार कार्की र उनलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्ने सांसदहरुसँग गला मिलाएको बताएका छन् ।

बुधबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री केदार कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा धारणा राख्दै नेता थापाले आफ्ना साथीले युद्ध जितेर आएकाले गला मिलाएको बताएका हुन् ।

‘नेपाली कांग्रेसबाट ८ भाइ माननीयहरु, दलभित्र झगडा गर्नुभयो, कुण्ठा बोकेर हिँड्नुभयो, संघर्ष गर्नुभयो । अन्तिममा युद्धको मैदानमा पनि पुग्नुभयो, युद्ध पनि जितेर घरमा आउनुभयो, युद्ध जितेर फुलमाला लगाएर आएपछि हामीले गले लगायौं, स्वागत ग¥यौं युद्ध नै जितेर आइसकेपछि हामीले सबै कुरा बिर्सियौं ।’

उनले आफुहरुले गाला जोड्न एमालेबाट सिकेको बताए । भित्र जस्तोसुकै झगडा, कुण्ठा भएपनि परेको बेलामा गाला जोडेको बताए । अब ८ भाइसँग जोडेको गाला कहिले नछुट्ने बताए ।

कांग्रेसका ८ जना र एमालेका ३९ सांसदको समर्थनमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री नियुक्त भएका छन् । उनले बुधबार विश्वासको मत लिँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?