विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले भने– ‘प्रदेशलाई मध्यावधिमा जान दिन्न’

लोकपथ
65
Shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत मागेका छन् । आज बसेको कोशी प्रदेशको प्रदेश सभा बैठकमा विश्वासको मत माग्दै आफूले प्राप्त ग रेको जिम्मेवारी प्रदेशको आर्थिक विकासमा जोड दिने बताए ।

त्यस्तै आफूले विश्वासको मत पाएर प्रदेशलाई मध्यावधिको बाटोमा जान नदिने समेत विश्वास व्यक्त गरे ।

‘मध्यावधि निर्वाचनमा जान दिनुहुने छैन भन्ने माननीयज्यूहरुप्रति विश्वास व्यक्त गर्दछु । प्रदेश प्रदेश नै हो । प्रदेशको स्वनिर्णय हुन्छ । यसमा हामी सक्षम छौं । हामीलाई जनताले निर्णय गर्न पठाएका हुन् भन्ने भावनाका साथ आउनु भएको हो,’ उनले भने, ‘मलाई विश्वासको मत दिइसकेपछि मलाई डोर्याउनु पनि हुनेछ । मुख्यमन्त्रीप्रति गर्ने आलोचनालाई सरकारले कुनै रिसराग गर्नेछैन । संसदमा माननीयज्यूहरुले आफ्ना कुरा राख्नुहुनेछ । माननीयहरुले सरकारको निगरानी जति धेरै गर्नुहुन्छ सरकार सचेतपूर्वक अगाडि बढ्न सहयोग पुग्नेछ ।’

मुख्यमन्त्री कार्कीलाई राप्रपाबाहेक अन्य दलहरुले विश्वासको मत दिने भएका छन् ।

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम शनिबार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?