काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी कम्युनिष्ट नभएको बताएका छन् ।
जसपा शैद्धान्तिक रुपले समाजवादी लोकतान्त्रिक पार्टी रहेको बताउँदै जसपा कम्युनिष्ट पार्टी नभएको र हुन नसक्ने जिकिर गरे ।
सामाजिक सञ्जालमा लेख्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका यादवले माओवादीसहित बनेको समाजवादी मोर्चा कम्युनिष्ट र समाजवादी पार्टीबीचको मोर्चा रहेको बताए ।
‘जनता समाजवादी पार्टी नेपाल सैद्धान्तिक रूपले समाजवादी लोकतान्त्रिक पार्टी हो । कम्युनिष्ट पार्टी होइन र हुन पनि सक्दैन । यसमा कसैलाई भ्रम न रहोस् । समाजवादी पार्टी र कम्युनिष्ट पार्टीहरु बीच को मोर्चा समाजवादी मोर्चा हो ।’ उनले भनेका छन् ।
त्यस्तै वर्तमान अवस्थामा समाजवादी मोर्चा कम्युनिष्ट पार्टी अथवा साम्यवादी मोर्चामा रुपान्तरित हुन नसक्ने समेत बताए । साथै समाजवादी पार्टी, लोकतान्त्रिक पार्टी र कम्युनिष्ट पार्टीबीच सहकार्य र मोर्चा मात्रै हुने बताए ।
‘वर्तमान अवस्थामा समाजवादी मोर्चा कम्युनिष्ट पार्टी अथवा साम्यवादी मोर्चामा रूपान्तरित हुन पनि सक्दैन। समाजवादी पार्टी, लोकतान्त्रिक पार्टी र कम्युनिष्ट पार्टीहरू बीच सहकार्य र मोर्चा मात्र हुनेछ ।’ उनले भनेका छन् ।
देशमा रहेको गरिबी, अशिक्षा, बेरोजगारी, सामाजिक– आर्थिक शोषण– उत्पीडनका साथै वर्गीय, जातीय र लिङ्गका आधारमा कायम रहेका असमानता र विभेदलाई उन्मुलन गर्दै अघि बढ्नुपर्ने भएका कारण कम्युनिष्ट वा साम्यवादी हुन नसकिने स्पष्ट पारे ।
‘हाम्रो समाजमा रहेको गरिबी, अशिक्षा, बेरोजगारी, सामाजिक– आर्थिक शोषण– उत्पीडनका साथै वर्गीय, जातीय र लिङ्गका आधारमा कायम रहेका असमानता र विभेदलाई उन्मुलन गर्दै आफू पहिचान सहितको संघीयता, सुशासन, समानता, स्वतन्त्रता , सामाजिक–अर्थिक न्याय र समाजवाद प्रति आस्था राख्ने भएको हुँदा कम्युनिष्ट वा साम्यवादी हुन सकिन्न । यस सम्बन्धमा कसैलाई कुनै भ्रम अथवा दुबिधा न होस् ।’ उनले भने ।
सोमबार समाजवादी मोर्चाका प्रमुख नेता समेत रहेका प्रधानमन्त्री प्रचण्डले आफूसहित समाजवादी मोर्चामा रहेका दलहरुको संसदमा राम्रो उपस्थिती रहेको दाबी गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया