काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औं महाधिवेशनमा सचिवमा उम्मेदवारी दिएका राजेन्द्रप्रसाद पुडासैनीले आफ्ना प्रतिवद्धता सार्वजनिक गरेका छन् ।
आजदेखि काठमाडौंमा शुुरु भएको एनआरएनएको विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनमा सचिवको उम्मेदवार पुडासैनीले ग्रास रुटको कुरा सुन्ने र ग्रास रुटसम्म पुग्नेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सामाजिक सञ्जालमार्फत् पुडासैनीले एनआरएनमार्फत् नेपालमा धेरै राम्रा काम भएको बताउँदै यसअघि भएका अस्वस्थ प्रतिष्पर्धाका कारण संस्थामा पुगेको धक्कालाई न्यूनिकरण गर्दै अघि बढ्नुुपर्नेमा जोड दिएका छन् ।
‘एनआरएन मार्फत धेरै राम्रा काम भएका छन्। बेलाबेला नेतृत्वका लागि हुने गरेको अस्वस्थ, पद प्राप्तिका अप्रिय प्रतिस्पर्धाहरूका कारण यसको इमेजमा धक्का पुगेको छ । अतः यसको इमेज सुधारी संस्थाको रिब्रान्डिङ गर्ने। वृहत् राष्ट्रियताको प्रमोट गर्ने। विदेशमा रहेका सबै नेपालीबीच संस्थालाई पु¥याउने। अधिकतम ‘एकेडेमिक’ व्यक्तिहरूलाई संस्थातर्फ आकर्षित गराउन भूमिका खेल्ने। संस्थामा पैसाको चलखेल हुन्छ भन्ने न्यारेटिभ बदल्ने। महिला, बुद्धिजीवी र युवा तथा दोस्रो पुस्ताका विज्ञ नेपालीलाई संस्थामा आकर्षित गर्ने।’ उनले भनेका छन्, ‘एनआरएनलाई खास गरी जलस्रोत र पर्यटनमार्फत नेपाल बदल्ने अभियान बनाउने। रेमिट्यान्स कानुनी तरिकाले लैजानुपर्छ भन्नेमा जोड दिने। ग्रास रुटको कुरा सुन्ने, ग्रास रुटसम्म पुग्ने योजना रहेको छ ।’
नुवाकोटमा जन्मेर २२ वर्षयता बेलायतमा बसोबास गर्दै आएका पुडासैनी एनआरएनए–युकेको स्थापनाकालदेखि सक्रिय छन्। २०२१–२०२३ मा आईसीसी सदस्य रहेका उनी त्यहाँ सिनियर स्वास्थ्यकर्मीका रूपमा कार्यरत छन्।
एनआरएनएको नयाँ नेतत्व चयनका लागि अक्टोबर २० सम्म चल्ने महाधिवेशन मंगलबार बिहान काठमाडौंको सोल्टी होटलमा राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका हुन् ।
नयाँ नेतृत्व चयनका लागि हुन लागेको अधिवेशनमा वतर्मान कार्यसमितिका अध्यक्षद्वय बद्री केसी र रविना थापासहित उपाध्यक्ष आरके शर्मा, महेश श्रेष्ठ र उपमहासचिव विनय अधिकारीले अध्यक्षमा गरी पाँच जनाले दाबी गरेका छन् ।
आजदेखि हुने सम्मेलन कात्तिक ३ गतेसम्म चल्ने छ ।
नयाँ नेतृत्व चयनको लागि कात्तिक २ गते २४ घण्टा अनलाइनबाट मतदान हुने निर्वाचन कार्यतालिका रहेको छ । एनआरएनएले यो पहिलोपटक अनलाइन माध्यमबाट मतदान गर्ने व्यवस्था गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया