कोशीका मुख्यमन्त्री कार्कीलाई एकीकृत समाजवादीले पनि विश्वासको मत दिने

लोकपथ
65
Shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई नेकपा एकीकृत समाजवादीले पनि विश्वासको मत दिने भएको छ ।

आज बसेको एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलको बैठकले सो निर्णय गरेको हो । कोशीमा एकीकृत समाजवादीबाट ४ जनाले प्रतिनिधित्व गरिरहेका छन् ।

गत शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले बुधबार (भोलि) विश्वासको मत लिँदैछन् ।

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनको दल नेपाली कांग्रेसका ८ र नेकपा एमालेका ३९ प्रदेशसभा सदस्यहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

यता गठबन्धनमा आवद्ध दल नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?