कोशीका विषयमा छलफल गर्न देउवाले बोलाए उपसभापति र महामन्त्री

लोकपथ
868
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफलका लागि उपसभापति र महामन्त्रीहरुलाई बोलाएका छन् ।

कोशीका विषयमा छलफल गर्न उपसभापति र महामन्त्रीहरुलाई बोलाएका हुन् । देउवाले उपसभापति र महामन्त्रीहरुलाई ४ बजे धुम्बाराहीस्थित आफ्नै निवासमा बोलाएका हुन् ।

सत्ता गठबन्धनले कोशीको मुख्यमन्त्री माओवादीका नेतालाई दिने निर्णय गरेपछि नेता डा।शेखर कोइराला पक्षले कोशीमा विद्रोह गरेको थियो ।

कोइराला निकट केदार कार्कीले एमालेको सहयोगमा मुख्यमन्त्री बनेका छन् । कार्की मुख्यमन्त्री बनेपछि उद्धव थापा संसदीय दलको नेता र हिमाल कार्कीले उपनेताबाट राजीनामा दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?