३० फाल्गुन २०७५, बिहीबार १०:५७

पाँच लाखमाथिको कारोवारमा मात्रै प्यान : धितोपत्र बोर्ड


प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार १०:५७

काठमाडौं । शेयर बजारमा लामो समयदेखि विवादको विषय रहँदै आएको स्थायी लेखा नम्बर ‘प्यान’को समस्या समाधान भएको छ । 

नेपाल धितोपत्र बोर्डले  पाँच लाख वा सोभन्दा बढी कारोवार गर्ने लगानीकर्तालाई मात्रै प्यान अनिवार्य गर्ने व्यवस्था गरिएको जनाएको छ । 

आगामी वैशाख १ गतेदेखि दोस्रो बजारमा शेयर कारोवार गर्ने लगानीकर्तालाई बोर्डले अनिवार्य प्यान लागू गर्ने भएको छ । लगानीकर्ता तथा सरोकार भएका निकायसँग गरिएको छलफलबाट प्राप्त सुझाव तथा निष्कर्षका आधारमा पाँच लाखभन्दा कम लगानी भएका वा साना लगानीकर्तालाई हाल ऐच्छिक रुपमा मात्रै प्यान लगाउने निर्णय बोर्डले गरेको छ । 

अर्थ मन्त्रालयबाट प्राप्त उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकको निर्णयअनुसार ठूला लगानीकर्तालाई मात्रै प्यान अनिवार्य गरिएको र साना लगानीकर्तालाई ऐच्छिक रुपमा मात्रै लगाइने व्यवस्था गरिएको प्रवक्ता नीरज गिरीले जानकारी दिए । 

बोर्डले गरेको यस्तो व्यवस्थाले दोस्रो बजारमा स्थायी लेखा नम्बर कार्यान्वयन सहजरुपमा अगाडि बढ्ने अपेक्षा राखेको छ । लगानीकर्ताले प्यान नम्बर अनिवार्य गरिन लागेको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका थिए । 

प्रतिक्रिया दिनुहोस
नेपाल बैंकको लिखित परीक्षा तालिका सार्वजनिक (हेर्नुहोस् सूचनासहित)

काठमाडौं | नेपाल बैंक लिमिटेडले आफ्ना विभिन्न विज्ञापन, तह एवं पदका लागि लोकसेवा

सुनको मुल्य बृद्धिले बजारमा घट्यो माग, खपत कम हुनाले बैंकलाइ घाटा

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा सुनको मुल्यमा उतारचढाब आएको छ । विश्वका

एनआइसी एशिया बैंकका अन्तर्राष्ट्रिय डलर कार्ड प्रयोगकर्तालाई उपचारमा छुट

काठमाडौं । एनआइसी एशिया बैंकका अन्तर्राष्ट्रिय भिजा डलर कार्ड प्रयोगकर्ताहरुलाइ उपचारमा छुट दिइएको

राष्ट्रिय वाणिज्य बैंकले निःशुल्क प्रशिक्षण दिँदै

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले २८ वर्ष ननाघेका कम्तीमा स्नातक तह उत्तीर्ण ३०