शरद ऋतुमा हिमाल चढ्न ८८१ जनाले लिए अनुमति

लोकपथ
26
Shares

काठमाडौं । शरद ऋतुमा हिमाल चढ्न ११४ टोलीका ८८१ जना आरोहीले अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार शुक्रबारसम्म कुल ४२ हिमालका लागि आरोहण अनुमति जारी भएको छ । जसमा ७०२ जना पुरुष र १७९ जना महिला आरोहीले अनुमति लिएका छन् । यो सिजनमा सगरमाथा भन्दा अन्य हिमालमा बढी आरोहण अनुमति जारी हुने गर्छ ।

सबैभन्दा बढी मनास्लु हिमालमा २६ टोलीका ३०१ जना यात्रुले आरोहण अनुमति लिएका छन् । जसमा ६५ जना महिला छन् । अमादब्लम हिमालमा १८ टोलीका १९८ जनाले अनुमति लिएका छन् । हिमलुङ हिमालमा १४ टोलीका १११ जना आरोहीले अनुमति लिएको विभागले जनाएको छ । पुठा हिउँचुलीमा ५ टोलीका ३३ जनालाई अनुमति जारी भएको विभागको तथ्यांकमा उल्लेख छ ।

यस सिजनमा विभागले रोयल्टीबाट ५ करोड ७७ लाख ३७ हजार ९९१ रुपैयाँ संकलन गरेको समेत जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?